संसद् बैठकबाट बाहिरिए प्रधानमन्त्री
ratopati.com · Wed Sep 09 09:31:33 GMT 2026

काठमाडाैँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् । बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा उनी सहभागी भएका थिए। आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सम्बाेधन गरेका थिए। लामिछानेकाे सम्बाेधन लगत्तै प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएका हुन्।
संसद् बैठकमा बाेल्दै लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री शाहलाई जलवायु कूटनीति र जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउन सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)