आयुर्वेद स्वास्थ्य शिविरबाट ३८४ जना लाभान्वित
gorkhapatraonline.com · Sun May 24 14:54:37 GMT 2026

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ४ स्थित गरायला स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एकदिने आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरबाट कूल ३८४ जनाले सेवा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमु डा महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार २२१ महिला र १६३ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमध्ये १५४ ज्येष्ठ नागरिक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)