श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
nepalnews.com · Wed Sep 09 09:37:19 GMT 2026

काठमाडौं । नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरिन् ।
भेटवार्ताका क्रममा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलंका सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरिन्। उनले बाढी प्रभावित क्षेत्रमा जारी मानवीय सहायता तथा राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले श्रीलंका सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)