चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई पठाए शोक सन्देश
kendrabindu.com · Fri Aug 28 12:55:11 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई हालै नेपालमा भएको पहिरो विपद्प्रति शोक सन्देश पठाएका छन्।
आफ्नो सन्देशमा सीले चीन र नेपालबीचको केरुङ–रसुवा सीमा नाकामा हालै गएको भीषण पहिरोमा ठूलो मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको र सम्पत्तिमा क्षति पुगेको उल्लेख गरेका छन्। चिनियाँ सरकार र जनताका तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना तथा शोकसन्तप्त परिवार, घाइते र विपद् प्रभावित क्षेत्रका मानिसहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)