गुप्तरचरका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
rajdhanidaily.com · Wed Sep 09 09:45:37 GMT 2026

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)