रहेनन् बेलायतले चीनलाई हङकङ हस्तान्तरणपछिका पहिलो नेता
ratopati.com · Wed Sep 09 09:50:29 GMT 2026

हङकङ । बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेपछि सहरको पहिलो प्रमुख कार्यकारी बनेका तुङ ची–ह्वाको ८९ वर्षको उमेरमा निधन भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तुङको मंगलबार राति निधन भएको हो । उनको कार्यालयले उनलाई देश र जनताप्रति समर्पित व्यक्तिका रूपमा स्मरण गरेको छ ।
सन् १९९७ जुलाईमा बेलायतले १५० वर्षभन्दा लामो शासन अन्त्य गर्दै हङकङलाई चीनलाई हस्तान्तरण गरेको थियो । त्यतिबेला तुङले नेतृत्व सम्हाले । उनी हङकङको पहिलो प्रमुख कार्यकारी बनेका थिए र सन् २००५ सम्म पदमा रहे । उनको नेतृत्वकाल विभिन्न राजनीतिक, आर्थिक र स्वास्थ्य चुनौतीले भरिएको थियो । तुङले पद सम्हालेको केही समयमै एसियाली वित्तीय संकटले हङकङलाई प्रभावित गर्यो र घरजग्गाको मूल्यमा ठूलो गिरावट आयो । उनको कार्यकालमा हङकङले सन् १९९७ देखि २००२ सम्म बर्ड फ्लुको प्रकोप र सन् २००३ मा सार्स महामारीको समेत सामना गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)