प्रतिनिधि सभामा नेपाल कानून आयोग विधेयक प्रस्तुत
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। सभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।
त्यसअघि मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव सभासमक्ष राखेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि संसद्मा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराएपछि मन्त्री गौतमले विधेयक सभामा प्रस्तुत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)