कोइराला नेपाल तरूण दलको अध्यक्षमा नियुक्त
baahrakhari.com · Sun May 24 15:21:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले तरुण दलको अध्यक्षमा कोइरालालाई नियुक्त गरेका हुन् ।
“...नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ– नेपाल तरूण दलको अध्यक्ष पदमा श्री मनिष कोइरालाई (काठमाडौं)लाई नियुक्त गरिएको छ,” कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)