सरिता गिरीदेखि वालेन्द्र शाहसम्म: राष्ट्रिय अडानको परीक्षा
nepalpress.com · Wed Jun 17 10:59:17 GMT 2026

नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सीमासम्बन्धी विषय कुनै सामान्य राजनीतिक बहसका विषय होइनन्, राष्ट्रको स्वाभिमानसँग जोडिएका संवेदनशील मुद्दा हुन् । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने र त्यसलाई संविधानमा समावेश गर्ने ऐतिहासिक निर्णयका बेला नेपालका अधिकांश राजनीतिक दलहरू राष्ट्रिय एकताका साथ उभिएका थिए। त्यो बेला दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिइएको थियो।
तर, पछिल्ला दिनमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि गम्भीर प्रश्नहरू उठेका छन् । नेपालले आफ्नो भूमि फिर्ता मागिरहेको विषयमा देशकै प्रधानमन्त्रीबाट यस्तो धारणा आउनु नेपालको स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)