बालकोट आगजनीमा केपीलाई सिध्याउने योजना रहेको राधिकाको दाबी
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो नयाँ पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक गरेकी छन्। बुधबार बालकोटस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा शाक्यले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका उनका अनुभव र गहिरो पीडालाई समेटिएको छ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घरसम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गरिन्। उनले अध्यक्ष ओलीलाई नै सधैँका लागि पन्छाउने मुख्य उद्देश्यका साथ उक्त आक्रमण भएको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)