वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
nepalnews.com · Wed Sep 09 10:16:32 GMT 2026

धनुषा। मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
प्रदेशको अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट कार्यान्वयनका लागि अख्तियारी उपलब्ध गराएपछि अब विकास आयोजनाको प्रक्रिया भदौबाटै अघि बढाउन बाटो खुलेको छ। मन्त्रालयहरूले योजना तयारी, लागत अनुमान, बोलपत्र आह्वान र ठेक्का प्रक्रियालाई सुरुदेखि नै अघि बढाउन सक्ने छन्। प्रदेश अर्थ मन्त्रालयको वेबसाइटमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन, विनियोजन ऐन, रातो किताब र वार्षिक विकास कार्यक्रम समेत सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)