‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध
nepalnews.com · Sun May 10 12:06:29 GMT 2026

चितवन। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो। तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)