नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला
annapurnapost.com · Sun May 24 16:02:50 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले उनलाई नियुक्त गरेका हुन्।
सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल तरुण दलको अध्यक्ष पदमा कोइरालालाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)