बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सरकारको निर्देशन
ratopati.com · Wed Sep 09 10:54:42 GMT 2026

काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श (साइकोसोसियल काउन्सिलिङ) उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभाग योजना तथा कार्यक्रम शाखाले सबै सम्बन्धित स्थानीय तहलाई एक पत्र पठाउँदै बाढीका कारण विद्यार्थीहरूमा परेको मानसिक एवम् मनोवैज्ञानिक असरलाई सम्बोधन गरेर मात्र पठनपाठन सुचारु गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)