पाथीभरा पदमार्गमा स्वचालित सोलार बत्ती जडान
kendrabindu.com · Wed Sep 09 11:07:57 GMT 2026

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्मको पदमार्गमा राखिएको हो ।
भारतको सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गर्दै आएका सरोज लामा र नवलकिशोर मिश्रले पाथीभरा क्षेत्र विकास समितिलाई निःशुल्क रूपमा उक्त बत्ती उपलब्ध गराएका हुन् । हिउँदमा दर्शनका लागि आएका बेला पदमार्गमा अँध्यारोका कारण तीर्थयात्रीले सास्ती खेप्नुपरेको देखेपछि उनीहरूले बत्ती उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही वाचा अनुसार समितिले बत्ती प्राप्त गरी जडान सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)