पार्टीभित्रका असन्तुष्टि र आन्तरिक मतभेदका विषयमा संवादबाटै निकास खोज्छौँ : देउवा
ratopati.com · Wed Sep 09 11:11:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक अभ्यासमा आन्तरिक बहस र फरक मत हुनु स्वाभाविक भएको बताए ।
देउवाले भने– ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन। हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो। त्यसका लागि म सम्बन्धित पक्षहरूसँग छलफल गरी विवाद हल गर्न तयार छु।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)