जलवायु न्यायको प्रश्न
nepalnews.com · Wed Sep 09 11:15:48 GMT 2026

१० भदौको विनाशकारी रसुवा बाढीपछि जलवायु न्यायको बहस पुनः चर्चामा छ। जलवायु परिवर्तनको प्रभावकै कारण आएको अकल्पनीय बाढीले ठूलो मात्रामा मानवीय, भौतिक पूर्वाधार, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षति व्यहोर्नुपरेको भन्दै नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी कोषबाट सहयोग पाउनुपर्ने माग उठेको छ।
असामान्य रूपमा पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायुजन्य विपद्को चपेटामा परेकाले नेपाल जलवायु न्यायका लागि स्वतः हकदार हुने अन्तर्राष्ट्रिय समुदायले समेत बताइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)