रारामा भेटियाे कालो चितुवा र लोखर्के
deshsanchar.com · Sun Dec 08 18:03:28 GMT 2024

मुगु – मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक दुर्लभ कालो चितुवा (मेलानेस्टिक लिओपार्ड) र लोखर्के देखिएका छन्। त्रिभुवन विश्वविद्यालयका शोधकर्ता विद्यार्थीले क्यामेरा ट्र्याप प्रविधिको प्रयोग गरेर यी दुर्लभ जनावरको भिडियो रेकर्ड गर्न सफल भएका हुन्।
रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, क्यामेरा ट्र्यापमा हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लगायतका अन्य जनावर पनि देखिए। तर कालो चितुवा र लोखर्केको उपस्थिति पहिलो पटक पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)