राष्ट्रिय सभामा नेपाल विशेष सेवा ऐन संशोधन प्रतिवेदन पेस
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको बुधवारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सदनसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन्। समितिमा दफावार छलफलपछि विधेयक सर्वसम्मतिले पारित भएको सभापति रोकायाले जानकारी दिए। विधेयकमाथि दफावार छलफलका क्रममा समितिले विज्ञहरू, पूर्वसचिवहरू तथा सुरक्षा निकायका पूर्वप्रमुखहरूसँग परामर्श गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)