थाई विद्यालयमा शिक्षिकाको हत्या
barnanmedia.com · Wed Sep 09 11:24:10 GMT 2026

बैङ्कक, भदौ २४ गते । थाइल्यान्डको चोन्बुरी प्रान्तस्थित एक किन्डरगार्टेनमा स्थानीय प्रहरीले आफ्नै शिक्षिका पत्नीको गोली हानी हत्या गरेका छन् । घटनामा विद्यालयका ४४ जना बालबालिका सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् । बैङ्ककको दक्षिणपूर्वमा पर्ने नोङ प्ला लाई उपजिल्लामा बुधबार बिहान घटना भएको हो ।
बन्दुकधारी प्रहरी अधिकारी गोली चलाएपछि घर फर्किएको र प्रहरीले उनलाई आत्मसमर्पण गराउन घर घेरेर वार्ता गरिरहेको अधिकारीहरूले बताएका छन् । घटनाको कारण भने खुल्न सकेको छैन । उपजिल्ला परिषदका अध्यक्ष सायन क्लोमोनका अनुसार बन्दुकधारीले बिहान करिब १०ः३० बजे विद्यालय पुगेर पत्नी शिक्षिकासँग कुराकानी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)