लुम्बिनी प्रदेश कोषाध्यक्षसहित दुई जना जसपा नेपालबाट निष्कासित
ratopati.com · Wed Sep 09 11:41:40 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष बच्छुलाल केवट र प्रदेश सदस्य राजकुमार लोधलाई पार्टीबाट निष्कासन गरेको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अनुसार प्रदेश कोषाध्यक्ष केवटले पार्टीको नीति, सिद्धान्त, निर्णय तथा विधानविपरीत गतिविधि गर्नुका साथै पार्टीको हित र अनुशासनविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको हो । उनी रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)