यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी
khabarhub.com · Wed Sep 09 11:47:55 GMT 2026

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ। हुथी विद्रोहीले बुधबार साउदी सेनाले यमनका विभिन्न क्षेत्रमा ३२ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्।
हुथीको अलमसिराह टेलिभिजनका अनुसार साउदी विमानले मारिब, अल–जौफ, ताइज र होदेइडाका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्। एक दिनअघि हुथीहरूले साउदी अरबमा ठूलो आक्रमण गरेपछि साउदी पक्षले जवाफी कारबाही गरेको हुथीहरूको दाबी छ। उक्त दाबीबारे साउदी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)