ऋणी राष्ट्रको आफ्नै मञ्च
nagariknews.nagariknetwork.com · Mon May 11 02:41:38 GMT 2026

प्रणालीगत तथा भूराजनीतिक जोखिम बढ्दै जाँदा विकासशील राष्ट्रका लागि वित्तीय अनिश्चितता नयाँ सामान्य अवस्था बनेको छ। यसले ग्लोबल साउथका नीति–निर्माताहरूबिच अझ बढी सहकार्य र समन्वयको मागलाई तीव्र बनाएको छ। ऋणी राष्ट्रको नवगठित ‘बरोअर्स प्लेटफर्म’ (ऋणी राष्ट्रको मञ्च) ले अब त्यो आकांक्षालाई व्यवहारमा उतारेको छ।
गत अप्रिल १५ मा विकासशील राष्ट्रहरूको एउटा समूहले ऋण व्यवस्थापनसम्बन्धी छलफल र अन्तर्राष्ट्रिय वित्तीय वार्तामा अझ शक्तिशाली सामूहिक आवाज निर्माण गर्ने उद्देश्यसहित ‘बरोअर्स प्लेटफर्म’सुरु गर्यो। यो पहल गत वर्ष विकासका लागि वित्तीय व्यवस्थापनसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा स्वीकृत ‘सेभिया प्रतिबद्धता’मा आधारित भए पनि यसको तयारी लामो समयदेखि हुँदै आएको थियो। फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइलाई रूपान्तरण गरेर भन्नुपर्दा समय अनुरूपको विचारभन्दा शक्तिशाली अरू केही हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)