बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
deshsanchar.com · Sun Oct 06 18:06:03 UTC 2024
काठमाडौं- बार्सिलोनाले पुन स्पेनिस लालिगामा शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले अलाभेसलाई ३-० ले पराजित गरेको हो।
अलाभेसको घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै ह्याट्रिक गरे। उनले खेलको सातौं मिनेटमै राफिन्हाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। २२औं मिनेटमा लेवान्डवस्कीले राफिन्हाकै पासलाई सदुपयोग गर्दा अग्रता दोब्बर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)