नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
corporatenepal.com · Wed Sep 09 12:00:17 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक भएको बताएका छन् । उनले नेपालको स्वदेशी उत्पादनले आन्तरिक माग धान्दै फूललाई विश्व बजारसम्म पुर्याउनु पर्नेमा जोड दिए ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको ३४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको हावापानी, भौगोलिक विविधता र उद्यमीहरूको इच्छाशक्ति पुष्प व्यवसायका लागि ठूलो सम्भावना भएको बताउनु भयो । पुष्प व्यवसायलाई रोजगारी, उद्यमशीलता, पर्यटन तथा वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)