विरासतको रातो कार्पेट: कोहि छाए, कोहि हराए
kalakarmi.com · Wed Sep 09 12:03:53 GMT 2026

काठमाडौं– यसै साता प्रदर्शनको अन्तिम तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘बेहुली’ लाई लिएर नेपाली फिल्म नगरीमा बेग्लै चहलपहल छ । यो फिल्ममार्फत ९० को दशकका सदाबहार अभिनेता तथा स्टार दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी तेस्रो पटक फिल्मको पर्दामा देखिँदैछिन् । फिल्मको प्रचार–प्रसारमा पनि दिलीप रायमाझीको स्टारडमको प्रयोग गर्न खोजिएको छ । दिव्याले आफ्ना पिताको नक्कल गरेको भिडियो अंश निक्कै चर्चामा छ यतिबेला सिनेवृत्तमा ।
अमेरिकाबाट फिल्ममा अभिनय गर्नकै लागि स्वदेश फर्किएकी दिव्याको सुन्दरता, शिक्षा तथा स्क्रिन प्रेजेन्सलाई लिएर मिडिया तथा दर्शकमा निकै कौतुहलता देखिएको छ । यस अघि नै ‘एक्टरः टेक वान’ तथा ‘पिताम्बर’ जस्ता प्रोजेक्टहरूसँग जोडिएर काम गरिसकेकी दिव्या मुख्य अभिनेत्रीका रूपमा भने पहिलो पटक दर्शकमाझ आउँदैछिन् । अर्कोतर्फ, आगामी कात्तिक महिनामा प्रदर्शनको तयारी गरिरहेको ठूलो बजेटको फिल्म ‘बाः एक योद्धा’ लाई लिएर अभिनेत्री सुहाना थापा पुनः चर्चाको शिखरमा छिन् । निर्मात्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहानाले यसअघि ‘ए मेरो हजुर हजुर– ३’ र ‘ए मेरो हजुर–४’ बाट आफूलाई नेपाली फिल्मको स्थापित नायिकाका रूपमा प्रस्तुत गरिसकेकी छिन् । त्यसो त उनले अभिनय गरेको सुशील पोखरेलको फिल्म ‘परालको आगो’ मा पनि दर्शकले उनको अभिनय म पराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)