अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक : मन्त्री गौतम
nepalnews.com · Wed Sep 09 12:05:11 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विशवास व्यक्त गरिन्। उनले मेलमिलाप कार्य बढेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरलरूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षमा पछिसम्म ‘इगो’ कायम नहरने स्पष्ट गरिन्। उनले कानुनले मेलमिलाप गर्न निषेध गरिएका विषयमा मेलमिलाप नहुने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)