ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की
clickmandu.com · Wed Jun 17 12:59:59 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले सरकारले लिएको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको एकताबद्ध पहल र सरकारसँगको निरन्तर समन्वय आवश्यक रहेको बताएका छन् ।
बुधवार इप्पानका नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै कार्कीले ऊर्जा क्षेत्रमा विद्यमान अन्योल चिर्न र निजी क्षेत्रका मागहरू सम्बोधन गराउन संस्थागत रूपमा एउटै आवाज हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)