विदेशबाट मतदानका लागि पाँच विकल्पमा छलफल
barnanmedia.com · Wed Sep 09 12:17:39 GMT 2026

निर्वाचन आयोगले विदेशमा रहेका नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउने विषयमा छलफल थालेको छ।
आयोगले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने विषयमा विज्ञसँग छलफल गरेको हो। विशेष गरी अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने विषयमा परामर्श गरिएको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)