लुम्बिनी प्रदेशसभा सचिवालयद्वारा काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित
ratopati.com · Wed Sep 09 12:31:57 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित गरेको छ । प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।
जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले पटक पटक स्पष्टीकरणको मौका दिँदा समेत काफ्लेले बेवास्ता गरेको र पार्टी तथा संसदीय दलको निर्णय विपरीत कार्य गरेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)