मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
barnanmedia.com · Fri Jun 26 23:42:48 GMT 2026

मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।
जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिनुभयो । गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उहाँले बताउनुभयो । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)