उद्धारमा अत्यावश्यक बाह्य सहयोग
nepalnews.com · Fri Aug 28 13:15:21 GMT 2026

रसुवाको बाढीले नेपालका उच्च हिमाली क्षेत्रमा रहेका जोखिमबारे नयाँ ढंगले सोच्नुपर्ने देखाएको छ। हाम्रा हिमालमा यस्ता किसिमका प्रकोप पहिलेदेखि नै हुँदै आएका हुन्। अघिल्ला वर्षहरूमा पनि यस्ता घटना देखेका छौँ। तर, यसपटकको बाढीको आकार र क्षति हामीले अनुमान गरेभन्दा ठूलो भयो। यति ठूलो बाढी आउँछ भन्ने हामीले सोचेका थिएनौँ।
हिमपहिरो खसेर त्यहाँबाट माथिको हिउँ र बरफ पग्लिएर पानी बनेपछि बाढी आएको देखिन्छ। यस्ता किसिमका घटनाको कारण तत्काल पत्ता लगाउन सकिँदैन। यो संसारभरि नै अत्यन्तै गाह्रो कुरा हो। कहिलेकाहीँ अध्ययनका लागि छ महिनासम्म समय लाग्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)