आफ्नै जिल्लामा बजेटको वर्षा, सुदूरपश्चिम सरकारमाथि स्रोत–साधन दुरुपयोगको आरोप
rajdhanidaily.com · Wed Jul 08 23:35:06 GMT 2026
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ल्याएको बजेटमा सरकारमा रहेका मन्त्रीले आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको तथ्य सार्वजनिक भएपछि सरकार आलोचनाको केन्द्रमा परेको छ ।
प्रदेश सरकारले कुल ३७ अर्ब ७० करोड रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले १ असारमा प्रदेशसभामा प्रस्तुत गरेको बजेट तथा वार्षिक विकास कार्यक्रम पुस्तिकाको विवरण हेर्दा कैलाली, बैतडी र डोटीमा अन्य जिल्लाको तुलनामा उल्लेख्य रूपमा बढी बजेट विनियोजन गरिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)