बाढी पीडितलाई नख्खुका कैदीबन्दीले पठाए सहयोग
janaaastha.com

नख्खु कारागारमा रहेका कैदीबन्दीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गरेका छन् । एक हजार बढी कैदीबन्दीले आफूले सकेअनुसार रकम उठाएर कोषमा जम्मा गरेका हुन् । कारागारका कर्मचारी गोविन्दप्रसाद खतिवडाका अनुसार डिआरसी ब्लकका कैदीबन्दीले दुई लाख एक हजार ११५ रुपैयाँ जम्मा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)