बाजुरामा खोलाले बगाएका किशोर मृत फेला
nagariknews.nagariknetwork.com · Wed Sep 09 13:12:29 GMT 2026

बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।
बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन्। यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)