हिमालय दृश्य रिसोर्टद्धारा विपद् कोषमा पाँच लाख सहयोग
gorkhapatraonline.com · Wed Sep 09 13:28:30 GMT 2026

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनका लागि काभ्रेपलाञ्चोबाट राहत रकम सङ्कलन हुनेक्रम जारी छ ।
बुधबार बनेपास्थित हिमालय दृश्य रिसोर्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार १११ रुपियाँ राहत रकम जम्मा गरेको छ । रिसोर्टका सञ्चालक तथा प्रबन्ध निर्देशक श्यामकाजी महतले बाढीका कारण क्षतिग्रस्त भएको रसुवा, नुवाकोट तथा धादिङका बाढीपिडितको सहयोगार्थ रिसोर्टको तर्फबाट केही सहयोग रकम राहत कोषमा जम्मा गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)