जेनजी विद्रोहकाे एक वर्षः पुराना दल सुध्रिए कि उस्तै रहे ? [भिडियोसहित]
kendrabindu.com · Wed Sep 09 13:30:29 GMT 2026

काठमाडाैं । जेनजी आन्दोलनकाे ठीक एक वर्ष पूरा भएको छ। एक वर्षअघि आजकै दिन नेपालका सडकमा एउटा यस्तो आवाज गुञ्जिएको थियो, जसले दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेको नेपाली राजनीतिलाई नै हल्लाइदिएको थियो।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तत्कालीन ओली सरकारको निर्णयविरुद्ध सुरु भएको युवाहरूको आन्दोलन केही घण्टामै सरकार र पुराना राजनीतिक दलविरुद्धको व्यापक आक्रोशमा परिणत भयो। दुई दिनको प्रदर्शनका क्रममा ७० जनाभन्दा बढीले ज्यान गुमाए। विद्यार्थी तथा युवामाथि गोली चलेका दृश्यहरू सार्वजनिक भएपछि आक्रोश झन् बढ्यो र आन्दोलन देशभर फैलियो। त्यसपछि सिंहदरबार, संसद् भवन, प्रहरी चौकी, सरकारी संरचना तथा कतिपय नेताका निजी निवाससमेत तोडफोड र आगजनीको निशानामा परे। वर्षौँदेखि सत्ताको केन्द्रमा रहेका नेताहरू एकाएक रक्षात्मक अवस्थामा पुगे। कतिपय नेता सार्वजनिक कार्यक्रमबाटै टाढा भए भने कतिपय केही समयका लागि राजनीतिक रूपमा लगभग गुमनामजस्तै बने र चुनावपछि त बढारिए नै ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)