बारामा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ
annapurnapost.com · Wed Sep 09 13:25:45 GMT 2026

सिमरा : बाराको अमलेखगञ्जबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का १९ वर्षीय आनन्द चौरसिया रहेका छन्।
अमलखेगस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चौरसियालाई १८ हजार तीन सय २० पिस ट्रामाडोलसहित पक्राउ गरेको हो। राजमार्गमा सवारी जाँचका क्रममा वीरगन्जबाट चितवन जाँदै गरेको यात्रुबसमा सवार चौरसियाको साथमा रहेको झोलाबाट लागूऔषध बरामद भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)