खोलाले बगाएका किशोर मृत फेला
barnanmedia.com · Wed Sep 09 13:27:21 GMT 2026

बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन् ।
बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन् । यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो । उनी आज मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)