बाढीमा बेपत्ता २१ मजदुर खोज्न टीकापुरवासीले उठाए ४२ हजार, सकुशल उद्धार हुनेमा आशवादी
nagariknews.nagariknetwork.com · Wed Sep 09 13:46:13 GMT 2026

कैलालीको टीकापुर वडा नं. १ समितीपुर र विपदपुरका २१ जना विद्युत् आयोजनाको सुरुङमा मजदुरी गर्न गएका थिए। उनीहरूलाई गाउँकै तुलाराम चौधरीले आयोजनामा काम गर्न लगेका हुन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका व्यक्तिका परिवार आफैँ आफन्तको खोजी गर्न जान सक्ने अवस्थामा नभएपछि पैसा उठाएर गाउँका ‘भलवन्सा’लाई पठाएका छन्।
थारू समुदायमा प्रत्येक गाउँ–टोलमा वर्षभरिका लागि चुनिएको अगुवालाई भलवन्सा वा बड्घर भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)