बाकसभित्र राखिएका घरेलु हतियारसहित तीन जना पक्राउ
ratopati.com · Wed Sep 09 13:51:56 GMT 2026

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
छत्रकोट–५ मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो । स्थानीय बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)