सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
barnanmedia.com · Wed Sep 09 13:47:33 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्रहीको समस्यामा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘प्रदेश अस्पताल सुर्खेतका निर्देशक तथा विभागीय प्रमुखसँग अस्पताल सेवा सुदृढीकरण’का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले अस्पतालका बहिरङ्ग तथा अन्तरङ्ग सेवा प्रवाह र भएका समस्याका बारेमा बाहिर धेरै गुनासा आएको बताउँदै ती गुनासा तथा समस्यालाई सम्बोधन गर्ने गरी सेवालाई छरितो र प्रभावकारी बनाउनतर्फ ध्यान दिन सुझाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)