कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Thu Jul 09 00:40:49 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो यी सबै मुद्राको मूल्य घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिदर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा थियो।आज युरो १ को खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)