लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक छ : अध्यक्ष अग्रवाल
arthasansar.com

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको बताएका छन्। बुधबार चेम्बर भवन, जमलमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयको छलफल तथा संवाद कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक सुधारको संकेत दिएको भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै मर्यादित व्यवसायीक, औद्योगिक वातावरणको अभावमा निजी क्षेत्रको जोखिम बहन गर्ने क्षमता अत्यन्त न्यून भएर जाने बताए। ‘वि .स. २०६४ सालमा सम्पत्ति शुद्धिकरण ऐन लागू हुनु पूर्व सदियौं देखि वैधानिक तवरले उद्योग, व्यापार कृषि एवं पुख्यौली हस्तान्तरणबाट आर्जित सम्पत्तिको कुनै प्रमाणित आधार (अभिलेख) राज्य संयंत्रबाट कहिल्यै हुन सकेन’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)