रोल्पामा बस दुर्घटना, १४ जना घाइते
kendrabindu.com · Thu Jul 09 00:56:24 GMT 2026

काठमाडौं । रोल्पामा बुधबार भएको बस दुर्घटनाका १४ घाइतेको पहिचान खुलेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँकी २५ वर्षीया जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ रामीका १९ वर्षीय अम्मर झाँक्री, परिवर्तन गाउँपालिका–२ राङ्सीका ३९ वर्षीय रामबहादुर घर्तीमगर तथा रोल्पा नगरपालिका–३ क्युरीकी २५ वर्षीया मनिषा विक रहेका छन् । उनीहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)