प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै
nepalnews.com · Thu Jul 09 01:01:20 GMT 2026

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ। आज कृषि तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।
बिहान ८ बजेदेखि बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षाको कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)