‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
barnanmedia.com · Fri Jun 26 23:57:27 GMT 2026

भोजपुरमा वन संरक्षण, जैविक विविधता प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय भोजपुरको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत जिल्लाका चार वटा सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले आहाले सामुदायिक वन, ढोडे बैखाके सामुदायिक वन, भद्रासे चारे भिर सामुदायिक वन र हर्कटे आमलाला सामुदायिक वनमा संरक्षण पोखरी निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । भौगोलिक रूपमा पानीको अभाव हुने र गर्मी याममा सुक्खा हुने यी क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुका लागि स्थायी पानीको स्रोतको रूपमा काम गर्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)