बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन
ratopati.com · Wed Sep 09 14:38:45 GMT 2026

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी) तथा रसुवागढी, बेत्रावती र त्रिशूलीमा एक एक वटा गरी पाँच फाइबर क्याबिनेट (एफडीसी) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो । बाढीका कारण ती क्षेत्रमा नेपाल टेलिकमका कुल एक हजार ५४४ वटा एफटीटीएच लाइन पूर्णरूपमा प्रभावित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)