म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Thu Aug 27 08:34:40 GMT 2026

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले आर्थिक वर्ष २०८२/८३ को म्यागङ गाउँपालिका, नुवाकोट अन्तर्गत सोलार स्ट्रिट लाइट खरिद तथा जडान गर्ने कार्यमा सहजीकरण गरे गराए बापत सेवाग्राहीसँग एक लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)