औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा
nepalnews.com · Thu Jul 09 01:24:17 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)